ताजा समाचार


कुलमान विरुद्ध सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदै

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, ११: ३१ मा प्रकाशित




काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको बुधबार सुनुवाइ हुँदैछ ।

आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्य सोमबार अदालत पुगेका थिए ।शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

शाक्यले आफ्नो नियुक्ति ४ वर्षका लागि भएको भन्दै सरकारले बीचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ गते कुलमानले प्राधिकरणमा पदबहाली गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top