ताजा समाचार


विद्यार्थीले खोप लगाइसकेपछि मात्र कक्षा १२ को परीक्षा सञ्चालन गरिने

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, ११: २६ मा प्रकाशित




काठमाण्डौ । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले स्थगित भएको परीक्षा विद्यार्थीले खोप लगाएपछि मात्र सञ्चालन गर्ने तयारी गरेको हो ।

विद्यार्थीलाई खोप दिन थालेपछि १५ दिनको सूचना निकालेर कार्यतालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गर्ने बोर्डले बताएको छ ।

खोप लगाइसकेपछि परीक्षा सञ्चालन गर्न सजिलो हुने बोर्डले जनाएको छ । साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top