ताजा समाचार


तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १७: ३२ मा प्रकाशित




एजेन्सी । तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो ।

यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पु¥याउन सहयोग सकिने बताएकी छिन् ।

तालिबानले अफगानिस्तानका मानिसलाई विभिन्न आश्वासन र वक्तव्य दिँदै आफूहरुलाई विश्वास गर्न आग्रह गरे पनि मानिसहरुमा तालिबानप्रतिको आशंका कायमै छ । तालिबानको यसअघिको शासनकालको कारण पनि मानिसहरुमा एक किसिमको त्रास देखिएको पटेलको भनाइ छ ।

‘अहिले उनीहरुले आश्वासन दिएका छन् । यद्यपि उनीहरुको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ । त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगत रुपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ’, पटेलले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top