ताजा समाचार


एमालेले माधव नेपालसहित १४ सांसदलाई पदबाट हटायो

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १७: १९ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदबाट हटाएको छ ।

पार्टीले मंगलबार १४ जना सांसदको पद खारेजीका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएको हो ।

कारबाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top