ताजा समाचार


सरकारी कर्मचारीलाई नियमित काममा फर्कन तालिबानको आग्रह

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १६: ४७ मा प्रकाशित




एजेन्सी । तालिबान समूहले अफगानिस्तानका सरकारी कर्मचारीलाई नियमित काममा फर्कन आग्रह गरेको छ । अघिल्लो सरकारलाई सहयोग गरेको आधारमा कसैलाई कुनै दण्ड नदिइने घोषणा तालिबानले गरेको छ ।

तालिबानले एक वक्तव्य जारी गरी सबै कर्मचारीलाई आम माफी दिइएको जानकारी दिएको छ । सबैलाई आममाफी दिइएकाले ढुक्कका साथ नियमित रुपमा काम गर्न तालिबानले भनेको छ ।

तालिबानले अफगानिस्तानको कब्जा गरेपछि अब के हुने हो भन्दै त्रासमा थिए । कतिपयले देश छाडिसकेका छन् भने कतिपय देश छोड्ने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top