ताजा समाचार


देउवाका लागि अध्यादेश महंगो सावित हुन्छ : ओली

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १६: १८ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।

वर्तमान सरकारले राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेपछि अचानक संसदीय दलको बैठक बोलाएको ओलीले यसले देउवालाई निकै महंगो सावित हुने बताएका हुन् ।

‘एमाले फुटाउन खोज्ने गठबन्धनको यो सरकार अनुचित ढंगले बनेको हो, अनुचित ढंगले अगाडि बढेको छ,’ ओलीको भनाइलाई उद्धृत गर्दै संसदीय दलको बैठकमा सहभागी एमालेका एक सांसदले यो सरकारले हाम्रो पार्टी फुटाएर अगाडि बढ्न खोज्दा आफैं अप्ठ्यारोमा पर्ने चेतावनी दिएको छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले एमाले विभाजन सहज हुने गरि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य पुर्याएमा पार्टी फुटाउन मिल्ने गरि अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top