ताजा समाचार


प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको सपथ

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १६: १० मा प्रकाशित




काठमाण्डौ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त भएका नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका उनी नेपाली काँग्रेसका प्रभावशाली नेता नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा गत फागुन ७ गते नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top