ताजा समाचार


सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, कडा आन्दोलन गर्ने एमालेको चेतावनी

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १५: ३१ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरिएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको आग्रहमा अध्यादेश ल्याईएको बुझिएको छ । अध्यादेशमा राजनीतिक दल विभाजनको लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ ।

यसैबिच, नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याईएपछि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताएका छन् ।

त्यस्तै, युवा संघले पनि दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गर्ने भएको छ । ओली निकट युवा संघले मंगलबार साँझ ५ बजे बानेश्वरमा प्रदर्शन गर्ने एमाले केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले जानकारी दिए ।

गत बर्ष ओलीले अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले अहिले आफ्नो सत्ताको रोटी सेकाउनलाई अध्यादेश ल्याएको बस्नेतको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top