ताजा समाचार


जनकपुरका मेयर लालकिशोरले गरे कित्ताकाट, महतोलाई छाडेर उपेन्द्रसँग साँठगाँठ

द रियल समाचार     २०७८ भाद्र १, मंगलवार, १५: २१ मा प्रकाशित




जनकपुरधाम । तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख बनेका लालकिशोर साहले आफ्नो राजनीतिक कित्ता परिवर्तन गरेका छन् ।

मंगलबार उनी जनता समाजवादी पार्टीको उपेन्द्र पक्षको केन्द्रीय समिति बैठकमा सहभागी भएको देखिएको छ ।

स्रोतका अनुसार अब उनी जसपाको उपेन्द्र समूहबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि दोस्रो पटक टिकट लिन सो समूहमा प्रवेश गरेका हुन् ।

राजेन्द्र महतोनिकट साह तत्कालीन राजपाबाट जनकपुरको मेयरमा चुनाव लडेका थिए । जनकपुरमा महन्थ ठाकुर पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामासमेत मेयर साह सहभागी भएका थिएनन् । उनी केही दिनदेखि असन्तुष्ट रहेको बुझिएको छ ।

निर्वाचन आयोगले उपेन्द्र समूहलाई आधिकारिकता दिएपछि पछिल्लो समय जसपाका नेता कार्यकर्ताहरू ध्रुवीकृत भएको देखिन्छ ।जसपाको महन्थ समूहले आयोजना गर्ने अधिकांश कार्यक्रममा नेताहरू सहभागी हुन छोडेका छन् ।

मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकबाट सहभागी हुने÷नहुने केन्द्रीय सदस्यहरूको परीक्षण गरिने जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । उनले पार्टी संगठन सुदृढीकरण, जनजागरण तथा अभिमूखीकरण अभियानको नारा दिएर सुरू भएको केन्द्रीय समिति बैठक बुधबारसम्म चल्ने बताए ।

तत्कालिन राजपाबाटै जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित रिताकुमारी मिश्र भने जसपा केन्द्रीय समिति बैठकमा उपस्थित भएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top