ताजा समाचार


८५ कार्टुन स्याउसहित सप्तरीबाट एकजना पक्राउ

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १८: ५५ मा प्रकाशित




सप्तरी । प्रहरीले ८५ कार्टुन स्याउसहित सप्तरीबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ बस्ने शिवम पण्डित रहेको प्रहरीले जनाएको छ ।

सोमबार भारततर्फ दुईवटा ठेलामा राखेर स्याउ लैजाँदै गर्दा एक जना ठेला चालक भागेको र सोही क्रममा पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुईवटा ठेलामा २५ कार्टुन स्याउ राखेर लैजाँदै गर्दा पक्राउ परेका पण्डितले स्थानीय मनोज मुखियाको गोठबाट उक्त स्याउ ल्याएको बताएका थिए । मुखियाको गोठमा पुग्दा थप ६० कार्टुन स्याउ बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका पण्डितलाई स्याउ ठेलासहित आवश्यक कारवाहीका लागि राजविराजस्थित भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top