ताजा समाचार


११ दिनमा १६४ नेपाली अफगानिस्तानबाट स्वदेश फर्के

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १८: २३ मा प्रकाशित




काठमाण्डौ । अध्यागमन विभागले पछिल्लो ११ दिनमा १ सय ६४ जना नेपाली नागरिकहरु अफगानिस्तानबाट स्वदेश फर्किएको जनाएको छ ।

विभागका प्रवक्ता झंकनाथ ढकालले अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली नेपाल आएको जानकारी दिए ।

उनीहरुसँगै दुईजना अफगानी नागरिक पनि त्रिभुवन विमानस्थलमा अवतरण गरेको विभागको तथ्यांकमा उल्लेख छ । नेपाल सरकारले अफगानी नागरिकलाई भित्रिन नदिनेबारे कुनै नीति वा निर्णय नगरेका कारण उनीहरू पनि भित्रिएको हुनसक्ने विभागको भनाइ छ ।

अफगानिस्तानको राजधानी काबुललगायत देशभरि नै तालिबानले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिक स्वदेशतर्फ फर्किरहेका छन् ।
सयौँ नेपाली नागरिक अझै अलपत्र अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top