ताजा समाचार


ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

द रियल समाचार     २०७८ श्रावण ३२, सोमबार, १७: ५६ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ ।

जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च गएका थिए ।

सोमबार न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयले ठाकुर पक्षलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।

ठाकुरको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट महादेव यादव, हरिहर दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेललगायत अधिवक्ताले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top