ताजा समाचार


जनकपुरमा होटल ग्रीन पैलेश एण्ड गेष्ट हाउस सञ्चालनमा

द रियल समाचार     २०७८ श्रावण ३१, आईतवार, १९: ३७ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाममा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गुणस्तरीय होटलको अभाव रहेको समयमा आइतबारदेखि थप एक होटल सञ्चालनमा आएको हो ।

जनकपुरधामको रामानन्द चोक र बाह्रविघाको बिचमा रहेको कृष्णा हस्पिटलको साम्मुनेमा होटल ग्रीन पैलेश एण्ड गेष्ट हाउस सञ्चालनमा आएको हो ।

होटलको समुदघाटन गर्दै नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले सञ्चालनमा आएको यस होटलले सस्तो तथा गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरे ।

विशाल रायले जनकपुरधाममा होटलको अभाव रहेको समयमा आफुहरु यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने बताए ।

जनकपुरधाममा केहि वर्षको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएपछि पर्यटकको संख्यामा वृद्धि भएको हो । यद्यपी कोरोनाको कारण अहिले यहाँ आउने पर्यटकको संख्यामा कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top