ताजा समाचार


काँग्रेसको महाधिवेशन २०७९ जेठसम्म सार्न मिल्ने योगीको जिकिर

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १८: ३२ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.टीएन योगीले पार्टीको महाधिवेशन २०७९ जेठसम्म सार्न मिल्ने जिकिर गरेका छन् ।

पार्टीको वैधानिकता तत्कालै समाप्त नहुने बताउँदै उनले केन्द्रीय समिति बैठकमा यस्तो दाबी गरेका हुन् । उनले भने,‘निर्वाचन अयोगमा २०७३ मंसिरमा कांग्रेस दर्ता गरिएको छ । महाधिवेशनका लागि २०७९ जेठसम्मको अवधि छ ।’

माओवादी केन्द्रले २०६९ यता महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवैधानिक नरहेको फैसला गरेकाले पनि कांग्रेसले पनि उक्त अवसर प्राप्त गर्ने उनको भनाइ छ । त्यसलाई आधार बनाएर पनि महाधिवेशन सार्न सकिने उनको तर्क थियो ।

उनले बच्चाको उमेरको उदाहरण दिँदै यस्तो तर्क गरेका हुन् । ’बच्चा जन्मेपछि मात्रै आयु गणना हुन्छ । संविधान बनेपछि त्यसकै आधारमा आयोग गठन भएको हो । १३औँ महाधिवेशन हुँदा राजनीतिक दल सम्बन्धि ऐन २०७३ आएकै थिएन । पछि बनेको कानुन अनुसार पार्टी दर्ता भएको हो । त्यही भएकाले महाधिवेशनका लागि हामीसँग आगामी जेठसम्मको समय छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top