ताजा समाचार


प्रचण्डले अझै जनयुद्धकालीन हर्कत त्यागेनन् : पोखरेल

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १८: २४ मा प्रकाशित




बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले अझै जनयुद्धकालीन हर्कत नत्यागेको बताएका छन् ।

उनले ढाडमा टेकेर टाउकामा हान्ने पुरानो तरिका प्रचण्डले अहिले एमालेमा प्रयोग गरेको बताए ।

दाङको घोराहीमा शहीद नेत्रलाल अभागीको सालिक अनावरण गर्दै पोखरेलले प्रचण्डले आफ्नो पुरानो भनाइलाई चरितार्थ गर्दै माधव कुमार नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीमाथि प्रहार गरेको बताए ।

प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको भन्दै पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै गल्ती भएको पनि बताए । तत्कालीन समयमा प्रचण्डलाई आधार बनाएर पार्टी एकता गर्नु एमालेको सबैभन्दा ठूलो कमजोरी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top