ताजा समाचार


वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतको निधन

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १८: १३ मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमणका कारण वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । बस्नेतको ७१ वर्षको उमेरमा शनिबार काठमाण्डौस्थित ओम अस्पतालमा निधन भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु¥याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) को अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदे धान खेतीको शुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको योगदान रहेको थियो ।
बस्नेतका श्रीमती र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top