बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको विशेष अधिवेशन शुक्रबार अन्त्य भएको थियो ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।
साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रतिक्रिया