ताजा समाचार


राहुल गान्धीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १७: ५० मा प्रकाशित




एजेन्सी । ट्वीटरले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ ।

यसअघि ६ दिनसम्म यी एकाउन्टहरू लक गरिएका थिए । ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउँदै आएको छ ।

यस अवधिमा कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरिएको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या गरिएकी एक दलित बालिकाको दाहसंस्कारको फोटो पोस्ट गरेका थिए, तस्बिरमा पीडित परिवार पनि देखिएको थियो ।

त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका थिए । ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ । ‘सत्यमेव जयते,’ पार्टीको ट्वीटर एकाउन्टमा लेखिएको छ ।

ट्वीटरले यस फैसलाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ । ‘अपिल प्रक्रियाअन्तर्गत राहुल गान्धीले हाम्रो इन्डिया ग्रेवियान्स च्यानल (भारतमा ट्वीटरको गुनासो गर्ने मञ्च) को माध्यमबाट सम्बन्धित तस्बिर उपयोग गर्नका लागि भएको औपचारिक सहमतिको पत्रको एक प्रति दिएका छन्,’ ट्वीटरले भनेको छ,‘यही आधारमा एकाउन्ट अनलक गर्ने फैसला लिइएको छ ।’ तर भारतीय कानुनलाई ध्यानमा राख्दै त्यस ट्वीटलाई भारतमा हेर्नबाट रोक लगाइएको ट्वीटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top