ताजा समाचार


२० हजार विस्थापितलाई शरण दिने क्यानडाका प्रधानमन्त्री टुडोको घोषणा

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १७: ३२ मा प्रकाशित




एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले अफगानिस्तानबाट विस्थापित भएका २० हजारलाई शरण दिने घोषणा गरेका छन् ।

अफगानिस्तानमा तालिबानको प्रभाव बढिरहँदा प्रधानमन्त्री टुडोले उक्त घोषणा गरेका हुन् । पछिल्लो समय तालिबानले एकपछि अर्को गर्दै अफगानिस्ताका प्रान्तीय राजधानी तथा प्रमुख सहरहरू कब्जा गरिरहेको छ ।

प्रधानमन्त्री टुडोले ट्विटमा लेखेका छन्– अफगानिस्तानमा अवस्था खराब भइरहेको छ । त्यहाँका मानिसहरूहो जीवन खतरामा छ ।

उनीहरूको मद्दतका लागि हामी आफ्नो रिसेटलमेन्ट प्रोग्रामको विस्तार गरिरहेका छौँ । हामी २० हजार अफगानीहरूलाई शरण दिन्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top