ताजा समाचार


दुईतिहाइको कम्युनिष्ट सरकार ओलीकै कारण ढलेको प्रचण्डको आरोप

द रियल समाचार     २०७८ श्रावण ३०, शनिबार, १७: २७ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा १० बुँदे प्रस्ताव पेस गरेका छन् ।

पार्टीको अबको राजनीतिक दृष्टिकोण समेटिएको उक्त ८ पृष्ठ लामो प्रस्तावमा अबको रणनीति पनि समावेश रहेको छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई कम्तीमा पनि आगामी चुनावसम्म लैजाने उल्लेख छ । उनले अहिलेको सत्ता गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरेका हुन् ।

आफ्नो प्रस्तावमा ओलीको विरोधमा धेरै स्पेस खर्च गरेका प्रचण्डले ओलीकै कारण संघीयता, लोकतन्त्र र संविधान खतरामा रहेको पनि उल्लेख गरेका छन् । करिब दुईतिहाइको कम्युनिस्ट सरकार ओलीकै कारण ढलेको उनको आरोप छ ।

ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरेको प्रचण्डको प्रस्तावमा उल्लेख छ । उनले नेकपा बनाउने निर्णय सही भएपनि ओली गलत व्यक्ति रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top