जनकपुरधाम । जनकपुरधाममा एक युवकको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ रामानन्द चोकस्थित सडकको छेउमा शनिबार बिहान साढे ५ बजेको समयमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले सो युवकको शवको सनाखत हुन नसकेको बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
प्रतिक्रिया