ताजा समाचार


बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला पक्राउ

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: ४५ मा प्रकाशित




काठमाण्डौ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

खड्गीलाई उच्च अदालत पाटनले २०७६ जेठ २१ गते चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै ५ दिन कैद र २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी खड्गीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top