ताजा समाचार


सर्लाहीमा ट्रकको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: ३४ मा प्रकाशित




सर्लाही । सर्लाहीमा ट्रकको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका–२ का ४० वर्षीय रामनरेश महतो रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

साइकलमा घाँस बोकेर जाँदै गरेका महतोलाई सो ट्रकले ठक्कर दिएको बताइएको छ । महतोको मृत्यु भएलगत्तै स्थानीयले ट्रकलाई नियन्त्रणमा लिई आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

ट्रक जलाउन पुगेको स्थानीयको भीडलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर नियन्त्रणमा लिएको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top