ताजा समाचार


पार्टीभित्रको विवाद छिट्टै समाधान हुन्छ : सुरेन्द्र पाण्डे

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: १६ मा प्रकाशित




सर्लाही । नेकपा एमालेका नेता समेत रहेका पूर्वमन्त्री सुरेन्द्र पाण्डेले पार्टीभित्रको विवाद छिट्टै समाधान हुने बताएका छन् । सर्लाहीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

पाण्डेले एमालेको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै भएकाले उनलाई अध्यक्ष मानेर नै एकता हुने बताए । पाण्डेले अहिले देखिएका सबै बिबाद केही दिनभित्रमा समाधान हुने दाबी गरे ।

कानुनी रुपमा पनि ओली नै एमालेको नेतृत्वकर्ता भएको भन्दै ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल भइरहेको नेता पाण्डेले बताए । केही दिनमै एमालेलाई थप मजबुत बनाएर लैजाने सहमति हुने उनले बताए ।

पाण्डेले बाहिर मिडियामा आएजस्तो एमाले फुटिहाल्ने अवस्थामा नरहेको बताए । उनले अध्यक्ष ओली र नेता नेपालबीच बिबाद समाधानका लागि लगातार रुपमा गृहकार्य र छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top