ताजा समाचार


कोरोना संक्रमणबाट विश्वभर ४३ लाख ३३ हजार ३७० जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: ०७ मा प्रकाशित




एजेन्सी । विश्वभर ४३ लाख ३३ हजार ३७० जना कोरोना संक्रमितले अहिलेसम्म ज्यान गुमाइसकेका छन् भने २० करोड ५३ लाख ३४ हजार ४५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो–अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १९ हजार ९८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६६ हजार ८९६ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २९ हजार ६६९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४६ हजार २०३, पेरुमा १ लाख ९७ हजार १४६, रुसमा १ लाख ६५ हजार २०१, बेलायतमा १ लाख ३० हजार ९२१, इटालीमा १ लाख २८ हजार ३३४ र कोलम्बियामा १ लाख २३ हजार ९७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

विश्वभर हालसम्म कोरोनाविरुद्ध चार अर्ब ५७ करोड ४५ लाख ९ हजार ३१६ डोज भ्याक्सिन लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top