ताजा समाचार


भारतमा थप ४० हजार १२० जनामा कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १८: ०४ मा प्रकाशित




एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २० लाख ७७ हजार ७०६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५८५ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३० हजार २५४ पुगेको छ ।

यही अवधिमा ४२ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८५ हजार २२७ रहेको छ । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५२ करोड ९५ लाखभन्दा बढी डोज भ्याक्सिन लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top