ताजा समाचार


बारामा ट्रकले ठक्कर दिँदा एक हात्ती गम्भीर घाइते

द रियल समाचार     २०७८ श्रावण २९, शुक्रबार, १७: २२ मा प्रकाशित




बारा । बारामा ट्रकले ठक्कर दिँदा एक हात्ती गम्भीर घाइते भएको छ ।

त्रिभुवन राजपथको आधाबार भन्ने ठाउँमा बिहीबार राति ८ः४५ बजेको समयमा ट्रकले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती गम्भीर घाइते भएको हो ।

ट्रकले ठक्कर दिँदा कलश यात्रामा लगिएको सो हात्ती घाइते भएको प्रहरीले जनाएको छ । फर्कने क्रममा राजमार्गमा हात्तीलाई ट्रकले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top