ताजा समाचार


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोभिड सचेतना प्रदर्शनी

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, २०: २२ मा प्रकाशित




जनकपुरधाम । जिल्ला युवा सञ्जाल धनुषाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोभिड सचेतना प्रदर्शनी गरेको छ ।

सञ्जालको अगुवाइमा धनुषा जिल्लामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको समन्वयमा युवा दिवस मनाउनका लागी तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । सोही अनुरुप बिहीबार कोभिड सचेतना प्रदर्शनी गरिएको हो ।

कार्यक्रम अन्तर्गत आजै जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलीत गरी २ जना महिला उद्यमीलाई आर्थिक सहयोग गर्ने, भोली ट्राफिक सचेतनासँगै नेपाल सरकारको मास्क लगाउ अभियानलाई सहयोग गर्ने र शनिबार रक्तदान कार्यक्रमको आयोजना गरी रेडियोमा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने सञ्जालका महासचिव कुलदिप साह मधेशीले जानकारी दिए ।

यस कार्यक्रमका लागि ओरेक नेपाल, इन्सेक, उन्नत नेपाल, डब्ल्यूएचआरडि, मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जिला ट्राफिक कार्यालय धनुषा, जानकी एफ. एम., नील हीरा समाजलगायतकाले सहकार्य गरेको उनले बताए ।

उनले कोरोनाको तेस्रो लहरको समयमा केही कार्यक्रमहरु स्थगित गरी युवाको क्षेत्रमा काम गर्ने सक्रिय संस्थाहरुको सहभागितामा साझा रुपमा सामान्य रुपमा कार्यक्रम गर्न लागिएको बताए ।
धनुषा जिल्लामा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्षदेखी निरन्तर बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी बिभिन्न कार्यक्रमको आयोजना गरी युवा दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top