ताजा समाचार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १८: ५७ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार साँझ एक समारोहका बीच मुख्यमन्त्री केसीलाई सपथग्रहण गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुखयमन्त्री केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् । उनले आजै ७ सदस्यीय मन्त्रिपरिषद समेत विस्तार गरेका छन् ।

कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top