काठमाण्डौ । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको जानकारी दिए ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
प्रतिक्रिया