ताजा समाचार


बिहीबार ३२६० नयाँ संक्रमित थपिए, २२९४ संक्रमणमुक्त, ३२ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १८: ०१ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६२ नमुनामध्ये १० हजार ८ सय ६ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पिसिआरबाट २ हजार ४ सय ७३ जना र एन्टिजेन विधिबाट ७ सय ८७ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ । त्यस्तै, ६ लाख ७७ हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७ सय ३७ जना आईसीयू र १ सय ८३ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top