ताजा समाचार


तीनै तहका जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १६: २७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विकले तीनवटै तहका जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने कुरा आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल–टोलमा सुनिन्छ’, उनले भनिन्, ‘देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top