ताजा समाचार


गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर परीक्षण बन्द

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १६: २० मा प्रकाशित




सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण विगत ११ दिनदेखि बन्द रहेको छ ।

कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला सो अस्पतालमा पिसिआर परीक्षण बन्द हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले बताए ।

एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी आएपछि स्वाब परीक्षण बन्द भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top