बुटवल । कुलप्रसाद केसी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
माओवादीसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि केसी मुख्यमन्त्री बनेका हुन् ।
बुधबार नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसी मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया