ताजा समाचार


हिमाञ्चल प्रदेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १६: ०३ मा प्रकाशित




एजेन्सी । हिमाञ्चल प्रदेशमा पहिरोमा परी मर्नेहरूको संख्या १४ पुगेको छ ।

बिहीबार पुनः उद्धार कार्य सुरु भएपछि थप चार लाश पहिरोमुनि पुरिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा अझै कति पुरिएका छन् भन्ने कुरामा भने अझै स्पष्ट हुन सकेको छैन । पहिरोमा एक बोलेरो जिप पनि पुरिएको आशंका आपत प्रबन्धन विभागका निदेशक सुदेश कुमार मोखताले गरेका छन् ।

उद्धार कार्य जारी नै छ । घाइतेहरूलाई अस्पताल पु¥याइसकिएको छ । हिजो(बुधबार) राजमार्गमा पहिरो खस्दा बस, ट्रक र अन्य साना गाडी पुरिएका थिए ।

हिमाञ्चल प्रदेशमा पछिल्लो डेढ महिनामै ३५ जनाभन्दा धेरै मानिसको पहिरोमा परी मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top