ताजा समाचार


६५ वर्षमै वृद्धभत्ता दिन सांसद लामाको माग

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १५: ५९ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्ष उमेर पुगेपछि वृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले यस्तो माग गरेका हुन् ।

सरकारले जेष्ठ नागरिकलाई ६५ वर्षमा नै वृद्धभत्ता दिनु पर्ने उनको माग थियो । ‘सहरमा बसेकाले समेत उपचार गर्न सकेको छैन । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ?’, उनले सरकारसँग प्रश्न गर्दै भने, ‘त्यसकारण ६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top