ताजा समाचार


महोत्तरी गाउँपालिकाको कार्यालयमा स्थानीयले गरे तालाबन्दी

द रियल समाचार     २०७८ श्रावण २८, बिहीबार, १५: ४३ मा प्रकाशित




महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

वर्षामा जीर्ण बाटोहरु हिलाम्य भएर घरबाट निस्किन समेत समस्या भएको भन्दै बिहीबार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँघरका सबै बाटोहरु हिलाम्य भएपनि जनप्रतिनिधिले मरम्मत सम्भारका लागि कुनै चासो नदेखाएको भन्दै तालाबन्दी गरिएको स्थानीयले बताए । स्थानीय युवाहरुले यथाशिघ्र बाटो सुधार नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले गाउँपालिका कार्यालय अगाडी टायर बालेर प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top