जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झा अहिराजलाई ज्ञापनपत्र बुझाउन गएका समुहलाई उपहारस्वरुप राष्ट्रिय झण्डा प्रदान गरिएको छ ।
प्रदेश प्रमुख अहिराजले नागरिकताको विषयमा ज्ञापनपत्र बुझाउन गएका समुहलाई राष्ट्रिय झण्डा उपहार दिएर पठाएका हुन् ।
नागरिकताको विषयमा ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउन गएका रैथाने एकता परिषद नेपालको टोलीलाई उनले राष्ट्रिय झण्डा उपहार दिएका छन् ।
परिषदका अध्यक्ष बिजय थापा नेतृत्वको समुहबाट ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख अहिराजले राष्ट्रिय एकता, नागरिकता र सिमा सुरक्षा सम्झौताको विषय नरहेको बताए ।
उनले रैथाने एकता सधैँ कायम राखेर देशलाई मुल निवासीकै नेतृत्व र नियन्त्रण हुनुपर्नेमा जोड समेत दिएका छन् ।
प्रतिक्रिया