ताजा समाचार


२० युनिटसम्म खपत गर्ने ग्राहकलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १७: ५३ मा प्रकाशित




काठमाण्डौ । २० युनिटसम्म विजुली खपत गर्ने विपन्न वर्गको ग्राहकलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरेको जानकारी दिइन् ।

उनले महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको र आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुने जानकारी दिइन् ।

यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ । मन्त्री भुसालले विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णय भएको बताइन् ।

भुसालले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top