काठमाण्डौ । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान तथा पूर्वकप्तान दिनेश चान्डिमलले भैरहवा ग्याडियटर्सबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।
क्लबले बुधबार सीधै उनको नाम नलिए पनि ‘टि–२० विश्वकप विजेता, श्रीलंकन टिमका सबैभन्दा कान्छा कप्तान टोलीसँग जोडिन लागेको’ जानकारी गराएको हो । चान्डिमल श्रीलंकका लिग सबैभन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । सन् २०१३ मा बंगलादेशविरुद्ध कप्तानी गर्दा उनको उमेर मात्र २३ वर्ष १३३ दिनको थियो ।
श्रीलंकाले सन् २०१४ को टि–२० विश्वकपको उपाधि उचाल्दा चान्डिमल टोलीका सदस्य थिए । श्रीलंकाका लागि तीनै शैलीमा कप्तानी गरेका चान्डिमलले देशका लागि ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनीले श्रीलंकाका लागि तीनै शैलीमा १५ शतक र ४८ अर्धशतकसहित कुल ८ हजार ७२४ रन प्रहार गरेका छन् । आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
प्रतिक्रिया