ताजा समाचार


लुम्बिनीमा २४ घण्टाभित्र नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १७: २७ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गर्दै आगामी २४ घण्टाभित्र नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयले बहुमतसहित दाबी पेस गर्नका लागि भोलि दिउँसो ३ बजेसम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top