ताजा समाचार


बुधबार ३४८१ नयाँ संक्रमित थपिए, १८८५ संक्रमणमुक्त, ३० जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १६: ५७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५६ नमुनामध्ये १० हजार ९ सय ७ को पीसीआर र ५ हजार ७ सय ४९ को एन्टिजेन परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र एन्टिजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना कोरोनामुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top