ताजा समाचार


मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १६: ३८ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत तोकिएको छ ।

गत वैशाख १९ गते संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए ।

उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top