काठमाण्डौ । राष्ट्रियसभा सदस्य कोमल वलीले सरकारसँग ठूला भ्रष्टाचार काण्डको समेत छानविन गर्न माग गरेकी छिन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।
उनले भनिन्,‘भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको छ । बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्छ ।’
उनले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नदीनालाहरु समेत बन्धक बनेको बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको उनको आरोप छ ।
प्रतिक्रिया