ताजा समाचार


सिरहामा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १६: ०४ मा प्रकाशित




सिरहा । सिरहामा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी गोलबजार नगरपालिका–५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान नम्बर मेटिएको ट्याक्टर पल्टिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सिरहाले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । फरार भएका ट्याक्टर र सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top