बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सत्तापक्षले बहिस्कार गरेको छ । विपक्षी गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको विशेष अधिवेशन सत्तापक्षले बहिस्कार गरेको हो ।
विशेष अधिवेशन अन्तर्गत प्रदेशसभाको बैठक सुरु भएपनि सत्ता पक्ष नेकपा एमालेका सांसदहरु बैठक कक्षमा उपस्थित छैनन् । बैठकमा विपक्षी गठबन्धन मात्रै सहभागी भएको छ ।
बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।
सत्तापक्षले प्रदेशसभामा अविश्वासको प्रस्ताव संविधानविपरीत आएको भन्दै प्रदेशसभाको बैठक रोकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।
प्रतिक्रिया