ताजा समाचार


टि–२० वरियतामा नेपालका ४ खेलाडी अटाए

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १५: ५६ मा प्रकाशित




काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निकालेको टि–२० वरियतामा नेपालका ४ जना खेलाडी अटाएका छन् ।

आइसिसीको वरियताको ब्याटिङतर्फ कुशल भुर्तेल, कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का तथा बलिङतर्फ सन्दीप लामिछाने वरियतामा अटाएका हुन् ।

आइसिसीको नयाँ वरियतामा ज्ञानेन्द्र र पारसले सुधार गर्दा कुशल र सन्दीप यथास्थानमा रहेका छन् । कुशल ४४२ रेटिङ प्वाइन्टका साथ ६० औँ स्थानमा यथावत रहँदा ज्ञानेन्द्र ३ स्थान सुधार गर्दै ९४ र पारस ४ स्थान सुधार गर्दै ९० औँ स्थानमा उक्लिएका छन् ।

ज्ञानेन्द्रले ३५७ र पारसले ३६२ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् । टि–२० वरियताको ब्याटिङतर्फ इङ्ग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा कायम छन् । बलिङतर्फ ४०५ रेटिङ प्वाइन्ट प्राप्त गरेका सन्दीप ७७ औँ स्थानमा यथावत रहँदा दक्षिण अफ्रिकाका ताबरेज शाम्सी शीर्ष स्थानमा कायम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top