ताजा समाचार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १३: ३९ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले दिएको जानकारी अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन बोलाएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल छन् । जसमध्ये मुख्यमन्त्री पोखरेललाई बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । उनीसँग एमालेका ३८ सांसद छन् ।

विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ र जनमोर्चाका १ गरी बहुमत सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top