ताजा समाचार


प्रदेश २ लोक सेवाद्वारा अधिकृत सातौँ तहको दरखास्त स्थगित

द रियल समाचार     २०७८ श्रावण २७, बुधबार, १२: २६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को लोक सेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगित गरेको छ ।

गएको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं. ८०/०७७–०७८ को विज्ञापनमा दरखास्त सङ्कलनको कार्य स्थगित गरेको हो ।

सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top