ताजा समाचार


धनुषामा करेन्ट लागेर दुईजनाको घटनास्थलमै मृत्यु

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, २१: ४१ मा प्रकाशित




जनकपुरधाम । धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

भगवानको भजनकिर्तन गरिरहेका बेला अचानक माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र सोहि ठाउँ बस्ने ५० वर्षीय मनिराम यादव रहेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका भुलन यादवको घरमा भइरहेको भजनकिर्तनको समयमा माइकमा अचानक करेन्ट प्रवाह हुँदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दास र यादव धार्मिक उत्सवमा भजनकिर्तन गर्न यादवको घर गएका थिए ।

मृतक दुबैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top